प्रदेश-१ मा दूध उत्पादनमा बढ्यो


१३ श्रावण २०७९, शुक्रबार
35 Shares
milk

विराटनगर । प्रदेश-१ मा आर्थिक वर्ष २०७८/७९ मा कूल पाँच लाख २५ हजार एक सय ५५ मेट्रिक टन दुग्ध उत्पादन भएको छ । पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका अनुसार सो अवधिमा मासु आठ लाख ६६ हजार १९ मेट्रिक टन, अण्डा १४ करोड १९ लाख ९३ हजार र ऊन ४० हजार ८७९ किलो उत्पादन भएको हो ।

अघिल्लो वर्षको तुलनामा गएको वर्षमा दुग्ध ११ हजार छ सय २३ मेट्रिक टन, मासु एक हजार छ सय ४२ मेट्रिक टन, अण्डा ४९ लाख नौ हजार र ऊन चार सय सात किलो बढी उत्पादन भएको हो । प्रदेशभरिमा गाईगोरुको संख्या २० लाख ९९ हजार चार सय ९७, भैँसी-राँगो आठ लाख ८५ हजार आठ सय ३९, बाख्रा २८ लाख सात हजार पाँच सय ८८, बङ्गुर छ लाख ९४ हजार आठ सय ४५, कुखुरा ८९ लाख ४१ हजार छ सय ७७, भेडा ५९ हजार दुई सय ३१ र याक-नाक १८ हजार १० रहेको बताइएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

प्रदेशमा हालसम्ममा १० हजार सात सय ७५ पोखरीअन्तर्गत एक हजार नौ सय ६२ दशमलव ३६ हेक्टर जलाशय क्षेत्रबाट कूल नौ हजार आठ सय २० मेट्रिकटन माछा उत्पादन भएको छ । आर्थिक वर्ष २०७७/७८ भन्दा गएको आर्थिक वर्षमा पोखरीको संख्या र जलाशय क्षेत्र पनि बढेको छ । अघिल्लो आर्थिक वर्षमा नौ हजार एक सय ६० मेट्रिकटन माछा उत्पादन भएको निर्देशनालयका निर्देशक पशुपति ढुङ्गानाले जानकारी दिए ।

यसैगरी ट्राउट माछातर्फ आर्थिक वर्ष २०७७/७८ मा रेसवे सङ्ख्या एक सय ८१ बाट गएको वर्षमा तीन सय ६२ पुगेको जलाशय क्षेत्र तीन हजार छ सय ११ हेक्टरबाट छ हजार आठ सय ५० पुगेको वर्षमा ३८ मेट्रिकटन ट्राउट माछा उत्पादन भएको बताइएको छ ।

jagdamba.cement
rbbbb

प्रदेश सरकारको रु ११ करोड ४९ लाख ६१ हजार, प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना(सङ्घ सशर्त अनुदान) को रु चार करोड ९२ लाख ५० हजार, पशुसेवा(सङ्घ सशर्त अनुदान) को रु ६८ लाख आठ सय ५० र कृषि विकास रणनीति अनुगमन तथा समन्वय कार्यक्रम(सङ्घ सशर्त अनुदान) को रु सात लाख ३३ हजार बजेट रहेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७