माओवादी अध्यक्ष प्रचण्ड र इयूका राजदूत डिप्रेजबीच भेटवार्ता


१३ श्रावण २०७९, शुक्रबार
eu

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि युरोपेली युनियन (इयू) का राजदुत नोना डिप्रेजबीच भेटवार्ता भएको छ ।

खुमलटारस्थित प्रचण्ड निवासमा भएको भेटवार्तामा शान्ति प्रक्रियालगायतका समसामयीक विषयमा छलफल भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।

भेटमा राजदूत डिप्रेजले नेपालको शान्ति प्रक्रिया सकारात्मक दिशामा अघि बढेको भन्दै शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन र नेपालको विकास प्रक्रियामा इयू साथमा रहेको उल्लेख गरेकी थिइन् । अध्यक्ष प्रचण्डले साथ र सहयोगका लागि धन्यवाद व्यक्त गर्दै नेपालको शान्ति र विकासका लागि इयूको सहयोग जारी रहने विश्वास व्यक्त गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७