जनार्दनले सफाइ पाएको छानविन प्रतिवेदनमा एमालेको नौ पृष्ठको फरक मत


१३ श्रावण २०७९, शुक्रबार
agni sapkota janardan b05JCdIn9m

काठमाडौं । संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा एमालेका सांसदले नौ पृष्ठको फरक मत उल्लेख गरेका छन् ।  अर्थमन्त्रीले अनधिकृत व्यक्तिले बजेटमा करको दर हेरफेर गराएको आरोप लागेपछि एमालेले संसदीय विशेष छानबिन समिति गठन गर्न माग गरेको थियो ।

समितिले १७ दिन लगाएर तयार पारेको प्रतिवेदनमा समितिमा रहेका एमाले सांसदहरूले नौ पृष्ठको फरक मत लेखेका हुन् ।
एमाले सांसदको फरक मत रहे पनि समितिका बहुमत पक्षले बजेट निर्माणको अन्तिम रात अनधिकृत व्यक्तिको प्रवेश पुष्टि नभएकाले बजेटमा करको दर हेरफेर गरेको आरोप पुष्टि नभएको निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७