एकै दिन ५७७ मा कोरोना संक्रमण, दुई जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट ४,२८२ नमूना परीक्षणमा ५७७ जनामा कोरोना पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २,४७४ नमूनाको पीसीआर र र १८६ नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो । जसमध्ये पीसीआरबाट ३९१ र एन्टिजेनबाट १८६ जनामा कोरोना देखिएको हो । कोरोनाबाट आज थप दुई जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार शुक्रबार थप २६९ जना कोरोनामुक्त भएका भएका छन् । कोरोना सक्रिय संक्रमितको संख्या ४,३५६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा २८ हजार २५६ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।