देशको अवस्था के छ, पत्रकारको कुरा सुने छर्लङ्ग हुन्छ : प्रचण्ड


१३ श्रावण २०७९, शुक्रबार
prachand press centre

काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको अवस्था बुझ्न पत्रकारका कुरा सुन्न जरुरी रहेको बताएका छन् । माओवादी केन्द्र निकट पत्रकारको संगठन प्रेस सेन्टर केन्द्रीय समितिको आजदेखि काठमाडौंमा शुरु भएको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले देशको वर्तमान अवस्था पत्रकारका कुरा सुन्दा मात्रै छर्लङ्ग हुने बताएका हुन् ।

आज र भोलि चल्ने बैठकले प्रेस सेन्टरको पदाधिकारी चयन गर्ने छ । गएको मंसिरमा चितवनमा सम्पन्न प्रेस सेन्टरको चौथो राष्ट्रिय सम्मेलनले अध्यक्षमा विष्णु सापकोटालाई चयन गरे पनि अन्य पदाधिकारी चयन गर्न सकेको थिएन ।

प्रेस सेन्टरको पदाधिकारीमा धेरैले दावी गरेकाले पद संख्या बढाएर जम्बो समिति बनाउने तयारी भइरहेको छ । बैठकमा अध्यक्ष प्रचण्डले प्रेस सेन्टरको सातवटै प्रदेशको रिपोर्टिङ सुनेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७