लागुऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ


१३ श्रावण २०७९, शुक्रबार
drug 1

अर्घाखाँची । अर्घाखाँचीको शितगंगामा लागुऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । शितगंगा नगरपालिका-८ सातमाराको सुपादेउराली मन्दिरमा बसेर लागुऔषध सेवन गरिरहेका उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा दाङको राप्ती गाउँपालिका -१ का २८ वर्षीय सन्तोष केसी, सोही ठाउँका २४ वर्षीय खुम बहादुर केसी र २२ वर्षीय रोशन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डिएसपी अमर बहादुर थापाले बताए ।

उनीहरुको साथबाट लागुऔषध (ब्राउन सुगर) जस्तो देखिने खैरो गिलो पदार्थ ६० मिली ग्राम, लागुऔषध सेवन गर्दा प्रयोग गरिने ब्लेटको टुक्रा २ थान, सानो प्लेट १ थान र लाइटर १ थान फेला परेको थापाले बताए । पक्राउ परेका तिनै जनालाई लागुऔषध मुद्दामा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७