प्रेस चौतारीले बनायो आन्दोलन परिचालन कमिटी


१३ श्रावण २०७९, शुक्रबार
Press chautari Nepal

काठमाडौं : प्रेस चौतारी नेपालले चर्को महंगी, भ्रष्ट्राचार र कालाबजारीविरुद्धको आन्दोलन प्रभावकारी बनाउन शुक्रवार केन्द्रीय आन्दोलन परिचालन कमिटी गठन गरेको छ ।

चौतारीको उपलब्ध पदाधिकारी, केन्द्रिय सदस्य र उपत्यकाभित्रका समितिका पदाधिकारीहरुको संयुक्त बैठकले उपाध्यक्ष राजेश राईको संयोजकत्वमा ५१ सदस्यीय केन्द्रीय आन्दोलन परिचालन कमिटी गठन गरेको हो ।

परिचालन कमिटीलाई नेकपा एमालेले १६ साउनमा आयोजना गरेको महंगी र भ्रष्ट्राचारविरुद्धको जनप्रदर्शनलाई प्रभावकारी बनाउने जिम्मेवारी दिइएको छ । परिचालन कमिटीमा काठमाडौंमा उपलब्ध पदाधिकारीहरु उपाध्यक्ष देविका घर्तीमगर, महासचिव हिरामान लामा, उपमहासचिव शुरोजंग पाण्डे, राजु सुबेदी, कोषाध्यक्ष इन्द्र आचार्य र सचिवहरु हरिबल्लभ नेपाल, विष्णु तारुके, लोग्सरी कुँवर, उपत्यकामा रहेका केन्द्रिय सदस्य, भूगोल, प्रतिष्ठान र एशोसिएट कमिटीका पदाधिकारी सदस्य रहेका छन् ।

बैठकमा चौतारीका केन्द्रिय अध्यक्ष गणेश बस्नेतले महंगीविरुद्धको जनप्रदर्शनमा आम जनतालाई सडकमा उतार्ने काममा आ–आफ्नो ठाउँबाट जुट्न निर्देशन दिए । चौतारीको बैठकले महंगीले आम जनताको जनजीवनमा पारेको प्रत्यक्ष प्रभावबारे सूचनानामूलक र जनचेतनामूलक सामग्री उत्पादनगरी प्रचार गर्ने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७