दाङमा आफै पढ्ने स्कुलको बसले किच्दा तीन वर्षीया बालिकाको गयो ज्यान


१४ श्रावण २०७९, शनिबार
death

दाङ । दाङ देउखुरीको गढवामा स्कुल बसले किच्दा एक तीन वर्षीया बालिकाको ज्यान गएको छ । न्यु मुनराइज बोर्डिङ स्कुलको ना ६ ख ६४३२ नम्बरको बसले किच्दा त्यही स्कुलमा पढ्ने गढवा गाउँपालिका-७ मानपुर उत्तर टोलकी पूजा थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

हिजो स्कुल सकेर घर जाने बेला स्कुल बसबाट ओर्लेकी बालिकालाई बसको पछाडिको टायरले किचेको थियो । गम्भीर घाइते भएकी थापाको उपचारका क्रममा लमही अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । स्कुलको बस चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७