हल्यान्ड र नुनेजमा सबैको नजर


१४ श्रावण २०७९, शनिबार
thumb 7

बेलायत । म्यानचेस्टर सिटी र लिभरपुलबीच शनिबार कम्युनिटी सिल्ड उपाधिका लागि खेल हुनेछ । यसमा सबैको नजर हालै मात्र अनुबन्ध दुई खेलाडी इर्लिङ हल्यान्ड र डारविन नुनेजप्रति हुनेछ ।

इङलिस प्रिमियर लिगको नयाँ सिजनअगाडि आयोजना हुने खेलमा सिटीका हल्यान्ड र लिभरपुलका नुनेजले आफूमाथि क्लबले खर्चेको मूल्य प्रमाणित गर्ने चुनौती हुनेछ ।

दुवैले करोडौं डलरभन्दा बढीको मूल्य बोकेका छन् । उनीहरूको आगमनले सिटी र लिभरपुलबीचको प्रतिस्पर्धा फेरि नवीकरण हुनेछ । गत सिजन पेप ग्वार्डिओलाको सिटीले लिग उपाधिको होडमा लिभरपुललाई एक अंकले पछाडि छाडेको थियो । त्यसयता दुवै टिम धेरै परिवर्तनबाट गुज्रिइसकेका छन् ।

सिटी पछिल्ला ५ सिजनमध्ये चारमा लिग विजेता रहेको छ । टिमले लगातार उत्कृष्ट प्रदर्शन गरिरहेको छ । तर ग्वार्डिओवा प्रत्येक सिजन नयाँ चुनौती सामना गर्न चाहन्छन् । उनले ग्याब्रियल जिससलाई आर्सनल र रहिम स्टर्लिङलाई चेल्सी बिक्री गरेका छन् । गत सिजन अग्रपंक्तिमा गोल गर्ने खेलाडीको अभावका कारण त्यसलाई पूर्ति गर्न यसपल्ट हल्यान्डलाई अनुबन्ध गरिएको छ ।

योर्गन क्लोपको लिभरपुलले फेरि एकपल्ट लिग उपाधिका लागि बलियो दाबेदार रहनेछ । लिभरपुलले नै सिटीलाई लिग उपाधि रक्षा गर्नबाट रोक्न सबैभन्दा बढी मिहिनेत गर्नेछ । लिभरपुलले यसै सिजन आफ्ना प्रमुख खेलाडी मोहम्मद सलाहसँगको अनुबन्धलाई लम्ब्याएको छ । साडियो मानेलाई बायर्न म्युनिकसँग गुमाएपछि लिभरपुलले नुनेजलाई बेन्फिकाबाट भित्र्याएको हो । एएफपी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७