नेपाल भ्रमण सकेर स्वदेश फर्किए अमेरिकी सहायक विदेशमन्त्री लु


२०७९ श्रावण १४ शनिबार १०:३९ बजे

काठमाडौँ । अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल भ्रमण सकेर शुक्रबार साँझ स्वदेश फर्किएका छन् ।

बिहीबार अपराह्न काठमाडौं आएका लुले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

दुई दिन नेपाल बसाइमा उनले थप विस्तारित नेपाल-अमेरिका व्यापार सम्बन्धको बारेमा आयोजित अन्तरक्रियामा सहभागी भए भने केही सीमान्तकृत समुदायका प्रतिनिधिहरूसँग मानव अधिकार संरक्षणमा कसरी मिलेर काम गर्न सकिन्छ भनेर छलफल गरेका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७