पर्सामा राष्ट्रिय भूमि आयोगद्वारा काम शुरु


१४ श्रावण २०७९, शनिबार
Amini
फाइल फोटो

पर्सा । राष्ट्रिय भूमि आयोगले पर्साका अधिकांश पालिकामा जग्गा व्यवस्थापनका लागि काम थालेको छ । ‘हाम्रो अभियान भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्याको समाधान हाम्रै पालामा’ भन्ने नारालाई साकार पार्न राष्ट्रिय भूमि आयोग पर्साले जिल्लाका अधिकांश पालिका काम अघि बढाएको हो ।

राष्ट्रिय भूमि आयोगले दोस्रो चरणमा जिल्लाको पोखरिया नगरपालिकासहित पकहा मैनपुर, पटेर्वासुगौली, जगरनाथपुर, विन्दवासिनी र सखुवाप्रसौनी गाउँपालिका काम अघि बढाएको हो । पहिलो चरणमा जिल्लाको वीरगञ्ज महानगरपालिका, पर्सागढी, बहुदरमाई नगरपालिका र ठोरी गाउँपालिकामा अघि बढाएको थियो ।

भूमिहीन, सुकुम्बासी, दलित एवं अव्यवस्थित बसोबासीको पहिचान कसरी गर्ने, कसलाई भूमि उपलब्ध गराउने, सूचना कसरी सङ्कलन गर्नेलगायतका बारेमा ती पालिकाका जनप्रतिनिधिको आयोगको काम कर्तव्य र अधिकारसहित काम अघि बढाइएको छ । भूमिसम्बन्धी कामको सहजताका लागि ती पालिकामा सेवा केन्द्र सहजीकरण समिति गठन गर्ने र नगरपालिकामा सेवा केन्द्रको स्थापनाका लागि काम अगाडि बढाइएको आयोगको पर्सा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७