निःशुल्क आँखा शिविरमा ३५१ को उपचार


१४ श्रावण २०७९, शनिबार
eye
सांकेतिक तस्वीर

सप्तरी । एक दिने निःशुल्क आँखा शिविरबाट ३५१ जनाको उपचार गरिएको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका-३ स्थित सखडामा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा धर्मीहल्फा महिला विकास क्लब सप्तरीद्वारा आँखा शिविर सञ्चालन गरिएको हो ।

उक्त शिविरमा ३५१ जना आँखाका रोगीले आँखा जाँच गराएको सो क्लबले जनाएको छ । तीमध्ये ११३ मा मोतियाबिन्दु फेला परेकाले उनीहरुलाई लहान अस्पतालमा निःशुल्क उपचारको लागि पठाउने धर्मीहल्फा महिला विकास क्लब सप्तरीका अध्यक्ष इन्जिनियर सूर्यनारायण यादवले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७