आज कहाँ-कहाँ छ बाढीको जोखिम ?


१४ श्रावण २०७९, शनिबार
Badhi tanahu

काठमाडौँ । देशका अधिकांश स्थानमा आज पनि मेघगर्जन र चट्याङसहित बर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । आज देशका चार प्रदेशमा भारी बर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् ।

बर्षाका कारण देशका केही नदीहरूमा आज (शनिबार) पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज त्रिवेणीस्थित तमोर, सिम्लेस्थित अरुण, पारिगाउँस्थित महाकाली, मैनाचुलीस्थित कन्काई, पधेरादोभानस्थित वाग्मती, रजैयास्थित पूर्वी राप्ती, कुसुमस्थित पश्चिम राप्ती र चेपाङस्थित बबई नदीमा बहाव उल्लेख्य छ ।

अरू केही ठूला नदीमा बहाव सामान्य बढ्ने जनाइएको छ । आज संखुवासभा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा र आसपास भई बहने केही साना नदीहरूमा पनि बहाव बढ्ने छ । केहीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान छ ।

295336623 415855970576532 1621889425765750641 n1659155680

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७