युक्रेन कारागारमा भएको आक्रमणमा आवश्यक उद्धार गर्न आईसीआरसीको प्रस्ताव


१४ श्रावण २०७९, शनिबार
karagar

किभ । युक्रेनी युद्धबन्दीलाई राखिएको ठाउँमा भएको आक्रमणमा परि घाइते भएकाको उद्धार गर्न रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) ले प्रस्ताव गरेको छ । रुस समर्थित पृथकतावादीको कब्जामा रहेको डोनेट्स्क प्रान्तको फ्रन्टलाइन सहर ओलेनिभकाको जेलमा भएको आक्रमणमा ४० कैदीबन्दीको ज्यान गएको छ भने ७५ जना घाइते भएका छन् ।

रुसले युक्रेनमा आक्रमणका घटना बढाउँदै लगेको अवस्थामा अन्य कारागारका कैदीबन्दी समेत सुरक्षित नभएको भन्दै आईसीआरसीले घाइतेहरूको उद्धार गर्न प्रस्ताव गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यो घटनामा रुस र युक्रेनले एक अर्कालाई आरोप लगाएका छन् ।

आईसीआरसीले घाइतेलाई बाहिर निकाल्न र उपचार तथा अन्य सुरक्षा उपकरण सहयोग गर्ने प्रस्ताव पनि गरेको छ । आईसीआरसीले अन्य मानवीय सहायताका लागि विभिन्न दातृ निकायसँग पनि आग्रह गरेको छ । रुसले युक्रेनको पूर्वी र उत्तरी क्षेत्रमा आक्रमण तीव्र पारेको छ ।

युक्रेनी सेना दक्षिणी सहर खर्सोन फिर्ता लिन अघि बढेपछि रुसी सेनाले उत्तर तथा पूर्वी युक्रेनमा आक्रमण तीव्र बनाएको हो । पुनः कब्जा गर्ने उद्दे श्यले युक्रेनी सेनाले खर्सोनको मुख्य पुलमा अमेरिकाले दिएको लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेपछि रुसी सेनाले पनि उत्तर तथा पूर्वी क्षेत्रमा आक्रमण बढाउँदै लगेको बीबीसीले जनाएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७