चुनावी माहोल बनाउने गरी काम गर्न कार्यकर्तालाई नेता सिंहको निर्देशन


१४ श्रावण २०७९, शनिबार
7 Shares
prakashman shingh %E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%95%E0%A4%BE%E0%A4%B6%E0%A4%AE%E0%A4%BE%E0%A4%A8 %E0%A4%B8%E0%A4%BF%E0%A4%B9%E0%A4%82
फाइल फोटो

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चुनावी माहोल बनाउने गरी काम गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । कांग्रेस काठमाडौं क्षेत्र नं १ ले आज (शनिबार) आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै नेता सिंहले सामाजिक सञ्जालदेखि सम्रग गतिविधि चुनावी माहोल बनाउने गरी गर्न निर्देशन दिएका हुन् ।

कांग्रेसको नेतृत्वमा भएका उपलब्धिहरुको आ-आफ्नो ठाउँबाट प्रचारप्रसार गर्न समेत उनले कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । कांग्रेसका कार्यकर्ता भएपछि उसले गर्ने गतिविधिले पनि समाजमा कांग्रेसप्रतिको दृष्टिकोण तय हुने भन्दै नेता सिंहले सबै कार्यकर्तालाई पार्टीको अनुशासनको दायरामा रहेन सचेत गराएका छन्।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

सार्वजनिक मञ्च या सामाजिक सञ्जालबाट पार्टी निणर्य भन्दा फरक धारणा राख्दा व्यक्ति पपुलर भए पनि पार्टी कमजोर हुने औंल्याउँदै उनले यस्ता कार्य नगर्न आग्रह गरे । मुलुकमा देखिएका तमाम समस्याको समाधान कांग्रेस बाहेक अन्य दलले गर्न सक्दैन भन्ने तमाम राजनीतिक घटनाक्रमले पुष्टि गरिसकेको उनको दाबी छ ।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७