सुनको भाउ सातामा प्रतितोला १६ सय रुपैयाँले बढ्यो


१४ श्रावण २०७९, शनिबार
gold

काठमाडौँ । नेपाली बजारमा सुनको भाउ एक सातामा १६ सय रुपैंयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा यो सातासम्ममा सुनको मूल्य १६ सय रुपैयाँले बढेको जानकारी दिएको छ ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार १०० रुपैयाँ छ ।

यो साताको आइतबार तोलामा ४०० ले बढेको सुनको मूल्य सोमबार पुनः १०० रुपैयाँ बढेको थियो । यस्तै, मंगलबार ३०० र बुधबार २०० रुपैयाँ घटेको थियो । यसका साथै, विहीबार ८०० रुपैयाँले र शुक्रबार ८०० रुपैयाँले बढेको थियो ।

यसैगरी, यो साता चाँदीको ५५ रुपैयाँ बढेको छ । महासंघका अनुसार गत साताको शुक्रबार चाँदीको मूल्य प्रतितोला ११ सय ६५ रुपैयाँ थियो । जुन, हिजो शुक्रबारसम्म आइपुग्दा १२ सय २० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७