हृदयेन्द्रलाई राजाको रुपमा देख्न चाहन्छु : रवीन्द्र मिश्र


१४ श्रावण २०७९, शनिबार
rabindra mishra

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहका नाती हृदयेन्द्रलई एक दिन राजाको रुपमा देख्न चाहेको बताएका छन् ।

हृदयेन्द्रको २१ औं जन्मदिनको अवसरमा शुभकामना दिँदै उनले फेसबुकमा लेखेका छन्, ‘म यहाँलाई एक दिन राजाका रूपमा देख्न चाहन्छु । २१ औं जन्मदिनको शुभकामना !’

उनले आफ्नो २० वर्षको पत्रकारिता र पाँच वर्षको राजनीति तथा अन्य अनुभवका आधारमा मुलुक ढिलो-चाँडो नराम्रो संकटमा फस्ने र संकटको बेला मात्र सदुपयोग गर्ने गरी खोपामा भए पनि राजसंस्था राख्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७