कांग्रेस नेता कोइराला अस्वस्थ, ग्राण्डी अस्पताल भर्ना

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका नेता शेखर कोइराला अस्वस्थ भई ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना भएका छन् । ज्वरो आएका कारण नेता कोइरालालाई शनिबार भर्ना गरिएको हो । उनको स्वास्थ्य अवस्थाबारे थप जानकारी आउन बाँकी रहेको अस्पताल स्रोतले जनाएको छ ।