चितुवाको आक्रमणबाट वृद्ध घाइते


१४ श्रावण २०७९, शनिबार
chituwa
फाइल फोटो

बैतडी । बैतडीमा चितुवाको आक्रमणबाट आज एक वृद्ध घाइते भएका छन् । घाइते हुनेमा मेलौली नगरपालिका-२ कोटका ७० वर्षीय गणेशबहादुर चन्द छन् । चन्दलाई घर नजिकैको बारीमा चितुवाले आक्रमण गरेको मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले जानकारी दिए ।

बिहान चन्दको खोरबाट खसी लगेको चितुवा नजिकैको बारीमा दुम्सीका लागि थापेको पासोमा फसेको थियो । खसी खोज्ने क्रममा नजिकैको बारीमा चन्दलाई चितुवाले आक्रमण गरेको थियो ।

चितुवाको आक्रमणबाट चन्दको घाँटी र हातमा घाउ भएको छ । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । तल्लोसोराड क्षेत्रमा चितुवा बेलाबेलामा मानवबस्तीमा पस्दै आएको छ । बासस्थान र आहारको कमीका कारण चितुवा मानव वस्तीमा पस्ने गरैको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७