कांग्रेसलाई प्रचण्डको चेतावनी : माओवादीलाई दोस्रो हुन नदिए सहज हुन दिनेवाला छैनौं


१४ श्रावण २०७९, शनिबार
Prachanda 2

काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाँच दलीय गठबन्धन संघ र प्रदेश निर्वाचनसम्म कायम रहने दाबी गरेका छन् । उनले आगामी आम निर्वाचनमा दायाँ-बायाँ हुन नहुने बताएका छन् ।

‘म प्रष्टसँग भन्न चाहन्छु, अहिले यही छ दलीय गठबन्धन कायम हुन्छ । यसलाई दायाँ-बायाँ गरिंदैन’ प्रचण्डले भने । प्रचण्डले माओवादी केन्द्रलाई दोस्रो हुन कांग्रेसलाई सहयोग गर्न भनेको समेत बताएका छन् ।

‘शायद पहिलो तपाईंहरु नै हुनुहुन्छ, दोस्रो माओवादी केन्द्र हुने हो त्यसमा सहयोग गर्ने हो भने सबै चिज सहज जान्छ अन्यथा सहज हुन दिइने छैन’ प्रचण्डले भने ।
गत स्थानीय तह निर्वाचनबाट शिक्षा लिएर अघि बढ्नुपर्ने प्रचण्डको भनाई छ । ‘हामीले अहिले गठबन्धनमा के भनेका छौं भने यी सबै तीतामीठा अनुभवबाट शिक्षा लिएर हामीले गछौं ।’ प्रचण्डले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७