म पहिलोपल्ट प्रधानमन्त्री हुँदा भ्रष्टाचार भयो भनेर कुनै मिडियाले लेख्न परेन : प्रचण्ड


२०७९ श्रावण १४ शनिबार ०७:४७ बजे

काठमाडौँ । सत्ता साझेदार नेकपा माओदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू पहिलोपल्ट प्रधानमन्त्री भएको अवधिमा सुशासनको नयाँ रेकर्ड बनाएको दाबी गरेका छन् ।

नेकपा (माओवादी केन्द्र) सम्पर्क समन्वय प्रदेशस्तरीय राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सो दाबी गरेका हुन् । प्रचण्डले विकास निर्माणलाई माओवादीकै सरकारले अघि बढाएको समेत दावी गरे । ‘त्यो ९ महिनाको अवधिमा भ्रष्टाचार भयो भनेर कुनै मिडियाले लेख्न परेन,’ प्रचण्डले थपे, ‘अहिले पनि जो परिस्थिति बनेको छ, प्रतिगमनलाई परास्त गर्ने, शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने र ऊर्जा क्षेत्रमा नयाँ क्रान्ति ल्याउने पहल गरिएको छ ।’

देशको विकास निर्माण र समृद्धि माओवादीको नेतृत्वमा मात्र हुने उनले दाबी गरेका छन् । ‘सुशासनको दृष्टिकोणले भन्दा पहिलो गणतन्त्रवादी सरकारको ९ महिने कार्यकालमा भ्रष्टाचार यो ठाउँमा भयो भन्ने कुनै ठाउँ दिइएन । सुशासनको एउटा नयाँ रेकर्ड बनाइयो’, उनले भने ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७