बाबुराम त माओवादी नै होइनन् : प्रचण्ड
‘किरण माओवादी काम छैन, विप्लव माओवादी पनि अर्थ छैन’

काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डा. बाबुराम भट्टराईलाई माओवादी नै नभएको टिप्पणी गरेका छन् ।
नेकपा (माओवादी केन्द्र) सम्पर्क समन्वय प्रदेशस्तरीय राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले आफूले नेतृत्व गरेको माओवादी केन्द्र मात्र माओवादी भएको दाबी गरे ।
‘किरण माओवादी काम छैन, विप्लव माओवादी पनि अब अर्थ छैन्,’ प्रचण्डले थपे, ‘बाबुराम त माओवादी नै होइनन् तीनको हिसाब नै भएन ।’
उनले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा देशको बागडोर सम्हाल्ने जिम्मा माओवादीको काँधमा रहेको बताएका छन् । उनले भने, ‘माओवादी भनेको माओवादी केन्द्र मात्र हो भन्ने यो पटक प्रमाणित भयो ।’