प्युठानमा जीप दुर्घटना : एकको मृत्यु, १४ घाइतेमध्ये नौं जनाको अवस्था गम्भिर

प्युठान । प्युठानमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन् । जिल्लाको स्वर्गद्वारी नगरपालिका- ४ भ्यागुतेमा भएको दुर्घटना हुँदा रुपन्देहीको मायादेवी गाउँपालिकाकी ३२ वर्षकी गुडिया ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी लालबहादुर विश्वकर्माले जानकारी दिएका छन् ।
रुपन्देहीको सिद्धार्थ नगरपालिका र मायादेवी गाउँपालिकाका स्थानीय बासिन्दा जीप रिजर्ब गरेर स्वर्गद्वारी गएका थिए । स्वर्गद्वारीबाट फर्कदै गरेको लु ३ च ३५३ नम्वरको जीप दुर्घट्नामा परेको हो । दुर्घटना घाइते भएका १४ जनामध्ये ९ जनाको अवस्था गम्भीर छ । उनीहरुलाई उपचारको लागि बुटवल ल्याइएको छ ।