भारतमा एकै दिन थपिए २० हजार कोरोना संक्रमित


१४ श्रावण २०७९, शनिबार
korona india 1

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा २० हजारभन्दा बढी नयाँ संक्रमित भएका छन् । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २० हजार ४०८ जना नयाँ संक्रमित भएका हुन् ।

संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिलेसम्म चार करोड ४० लाख १३८ जना कोरोना भाइरसबाट संक्रमित भएको जनाएको छ । तीमध्ये एक लाख ४३ हजार ३८४ जना अहिले पनि संक्रमित अवस्थामै रहेको मन्त्रालयको तथ्यांकमा देखिएको छ ।

पछिल्लो समय भारतमा दैनिक नयाँ संक्रमितहरूको संख्या र सक्रिय संक्रमितहरूको संख्या बढ्दै गइरहेको छ । भारतमा पछिल्लो एक दिनमा कोरोनाभाइरसका कारण ४४ जनाको मृत्यु भएको छ । यहाँ अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरूको संख्या पाँच लाख २६ हजार ३१२ पुगेको छ । संक्रमणमुक्त भएकाहरूको प्रतिशत ९८.४८ रहेको छ । पछिल्लो एक दिनमा २० हजार ९५८ जना संक्रमणमुक्त भएका छन् । रासस/एएनआई

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७