मेयर साम्पाङ र सहरी विकास मन्त्रीबीच भेटवार्ता, खानेपानीबारे कुरा गर्न दिए निम्तो


१४ श्रावण २०७९, शनिबार
METMANI MEET HARKA SAMPANG 8V7Diu6lSI

सुनसरी । सहरी विकास मन्त्री मेटमणि चौधरी र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच आज भेटवार्ता भएको छ । धरान पुगेका सहरी विकास मन्त्रीको स्वागतमा मेयर साम्पाङले आफ्नै कार्यालयमा कार्यक्रम गरेका थिए । भेटमा मन्त्री चौधरीले मन्त्रालयमा आउन निम्तो दिएका छन् ।

‘उहाँले जसरी यो नगरमा विजय प्राप्त गर्नु भएको छ । त्यसमा उहाँको सबैभन्दा बढी इन्नोसेन्ट र कमिटमेन्ट पाउँछु’, मन्त्री चौधरीले भने, ‘मान्छेहरु राम्रो गर्छु भन्दा उडाउँछन् । हाँसोको विषय बनाउँछन् । तर मलाई लाग्छ, गर्छु भनेपछि सकिन्छ पनि ।’

हर्क साम्पाङबाट नेपाली समाजले मात्रै नभएर अन्यले पनि सिक्नु पर्ने भन्दै चौधरीले प्रशंसा गरेका थिए । ‘मेयर सा’वले शुरु गर्नुभएका सबै योजनामा पूरै सहयोग गर्नेछु । खानेपानीको विषयमा कुरा गर्न मन्त्रालयमा आउन निम्तो गर्छु’, उनले भने ।

चौधरीलाई मेयर साम्पाङले प्रश्न गरे, ‘म कहिले आऊँ त मन्त्री ज्यू ?’ मन्त्री चौधरीले पनि छिट्टै आउन आग्रह गरेका थिए । धरानको खानेपानी र बसपार्कको समस्या हल गर्न पहल गर्ने प्रतिवद्धता पनि चौधरीले व्यक्त गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७