अमेरिकाको केन्टकी प्रान्तमा बाढी र बर्षा : कम्तीमा २५ जनाको मृत्यु


१४ श्रावण २०७९, शनिबार
america

काठमाडौँ । अमेरिकाको केन्टकी प्रान्तमा बाढी र बर्षाका कारण कम्तीमा २५ जनाको ज्यान गएको छ । गएको तीन दिनदेखि निरन्तर परिरहेको बर्षाका कारण ठूलो बाढी आएको र अहिलेसम्म २५ जनाको शव भेटिएको केन्टकीका गभर्नर एन्डी बेशियरलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले जनाएको छ ।

गभर्नर बेशियरले बाढीमा हराएकाहरुको खोजी भइरहेकोले ज्यान गुमाउनेको संख्या अभै बढ्न सक्ने बताएका छन् । ठूलो बर्षा र बाढीको कारण केन्टकी प्रान्तका २५ हजार भन्दा धेरै घरहरुमा बिजुली सेवा बन्द भएको छ । घरहरु डुबेपछि मानिसहरु छतमा बसेर उद्धार टोलीलाई पर्खिरहेका छन् ।

उद्धारमा खटिएको नेश्नल गार्डले पाँच वटा हेलिकोप्टर र सय भन्दा धेरै डुङ्गा परिचालन गरी खोजी तथा उद्धारको काम गरिरहेको जनाएको छ । केन्टकी प्रान्तमा अझै एक हप्ता ठूलो पानी पर्ने सम्भावना रहेको अमेरिकाको राष्ट्रिय मौसम विभागलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७