दुर्बल प्रधानमन्त्री


३० आश्विन २०७४, सोमबार

काठमाडाैं : उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि देवता, वायु देवता, पहाड देवता, नदी देवता या देवीहरूको सिर्जना गर्दै पूजा गरिन्थ्यो । पछि सभ्यताको विकाससँगै मानिसहरू घुमन्तेबाट स्थायी बसाइमा, गणहरूबाट राज्यहरूतिर सरे, एउटा समूह र अर्कोबीच स्रोतमाथि नियन्त्रणका खातिर लडाइँ हुन थाल्यो अनि प्रकृतिभन्दा खतरनाक भएर निस्क्यो मान्छे । त्यसपछि प्रकृतिसँगै मान्छेले आफैँभित्र देवताको सिर्जना गरे । अाजकाे नयाँ पत्रिकाकाे सम्पादकियमा लेखेका छन् ।

Sherbahadur Deuba 1शेरवहादुर देउवा

जब देवता सिर्जित भए या देवीहरू बनाइए अनि भने प्रकृतिको पूजाबाट देवी–देवताको पूजा–आराधना सुरु भयो । हरेक नयाँ शक्तिशालीलाई देवता मान्न थालियो । अस्ति भर्खरसम्म हाम्रै देशका महाराजको नामका पछि देव जोडिन्थ्यो । शक्तिको आराधना हाम्रो संस्कृतिको अभिन्न अंग बन्नपुग्यो र निस्क्यो ‘बडाले जो ग¥यो काम हुन्छ त्यो सर्वसम्मत, छैन शंकरको नंगा मगन्ते भेष निन्दित ।’ तर, यता आएर जब आधुनिक युग र चिन्तन प्रणाली आरम्भ भयो, सबैभन्दा पहिले मान्छेले ईश्वरीय शक्तिमाथि प्रश्न उठायो । सँगै उसले व्यक्ति र खास–खास संस्थाको सत्तामाथि प्रश्न उठायो ।

संसद् पनि आफ्नो कार्यकाल पूरा गरी बिदा भइसकेको अवस्थामा माओवादी, एमाले वा अरू कसैले अविश्वासको प्रस्ताव ल्याएर सरकार ढाल्न सक्ने सम्भावना समाप्त भइसकेको छ । त्यसैले सरकारमा जान जतिसुकै हतारो गरे पनि अहिलेको प्रतिपक्षी दलले कम्तीमा आगामी निर्वाचन पर्खिनुपर्नेछ । यस्तो वेला देउवालाई कमल थापाको टेको किन चाहियो ?

राजतन्त्रमाथि प्रश्न उठ्यो । धर्म र मठहरूको सत्तामाथि प्रश्न उठ्यो । त्यही क्रममा लेखियो होला बादशाहको नयाँ लुगाजस्तो सिर्जना । अहिले नेपाली राजनीतिमा यस्तो चरित्र र प्रवृत्ति देखिँदै छ कि जनताद्वारा निर्वाचित प्रतिनिधिको सत्ता चलाउने तरिकाले उनीहरू सम्पूर्ण संकोच त्यागेर शंकरको भेष धारण गर्न लागेका हुन् कि भनेर लोकले प्रश्न उठाउने अवस्था सिर्जना भएको छ । पछिल्लोपटक प्रधानमन्त्री शेरबहादुर देउवाले यस्तो उदाहरण प्रस्तुत गरेका छन् । इतिहासदेखि नै गल्ती गर्ने र त्यसप्रति गर्वबोध गर्ने संस्कार लिएर आएका नेपालका राजनीतिक दलका एक नेता देउवाले अहिलेसम्मको अभिलेख तोड्दै ६४ सदस्यीय मन्त्रिपरिषद् बनाएपछि यस्तो अवस्था आएको हो ।

माओवादी केन्द्रले सरकारमा नेपाली कांग्रेससँग सहकार्य गरिरहेकै अवस्थामा प्रमुख प्रतिपक्षी दल एमालेसँग चुनावी गठबन्धन गर्न गएपछि प्रधानमन्त्री देउवा बिच्किएका हुन् । सरकारमा एउटा दलसँग र निर्वाचनका लागि अर्कैसँग गठबन्धन गर्न जाने माओवादी केन्द्रको व्यवहारलाई नेपाली समाजले स्वागत गर्न सकेको छ्रैन । त्यसको जवाफ माओवादीले राजनीतिक मञ्चमा अवश्य दिनुपर्नेछ । तर, संसद् पनि आप्mनो कार्यकाल पूरा गरी बिदा भइसकेको अवस्थामा माओवादी, एमाले वा अरू कसैले अविश्वासको प्रस्ताव ल्याएर सरकार ढाल्न सक्ने सम्भावना समाप्त भइसकेको छ । त्यसैले सरकारमा जान जतिसुकै हतारो गरे पनि अहिलेको प्रतिपक्षी दलले कम्तीमा आगामी निर्वाचन पर्खिनु पर्नेछ ।

तर, पछिल्लोपटक उनले कमल थापासहित आफ्नै दलका केही सदस्यलाई त्यतिवेला मन्त्री बनाए, जतिवेला समानुपातिकतर्फको उम्मेदवारी दर्ता गर्ने समय २४ घन्टा पनि बाँकी थिएन, तथा संसद्को आयु पाँच घन्टा मात्र बाँकी थियो । अन्तिम समयमा आएर उनले आफ्नो नाम र पार्टीको इतिहास धमिल्याउने काम गरेका छन् । संवैधानिक र राजनीतिक रूपले देश सम्पूर्ण रूपमा निर्वाचनमा गइसकेको अवस्थामा सरकारको ध्यान आफ्नै आकार–प्रकारमा केन्द्रित हुनु बिडम्बना छ । निर्वाचनका लागि राज्यको सम्पूर्ण शक्ति प्रयोग गर्न देउवालाई अब कमल थापाको टेको चाहिने कुनै कारण नै छैन । थापाको टेकोले देउवालाई राजनीतिक रूपमा बलियो बनाएको छैन, बरु नैतिक रूपमा दुर्बल बनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७