अब यी अस्पतालबाट एसिड आक्रमणमा परेकाले निःशुल्क उपचार पाउने


१४ श्रावण २०७९, शनिबार
bir hospital new

काठमाडौँ । एसिड आक्रमणमा परेका पीडितहरूका लागि सरकारले निःशुल्क उपचारको व्यवस्था गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार एसिड आक्रमणमा परेका पीडितहरूको उपचारसम्बन्धी कार्यविधि २०७८ अनुसार पीडितहरूले आकस्मिक उपचारका लागि कुनै पनि स्वास्थ्य संस्थाबाट निःशुल्क सेवा लिन सक्ने व्यवस्था मिलाइएको हो ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुर अस्पतालबाट आकस्मिक उपचारपश्चात् थप उपचार गर्न सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कार्यविधिअनुसार एसिड भन्नाले मानव अगं, जीवजन्तु, वा अन्य जैविक या गैरजैविक वस्तुलाई जलाउने, घातक क्षति पुर्‍याउने वा अन्य कुनै किसिमले गम्भीर असर पुर्‍याउने रासायनिक पदार्थ सम्झनुपर्छ र सो शब्दले नाइट्रिक एसिड, सल्फुरिक एसिड र हाइड्रोक्लोरिक एसिड तथा नेपाल सरकारले सूचना प्रकाशन गरि तोकेको घातक तथा ज्वलनशील (अल्काली) रसायनिक पदार्थलाई जनाउँछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७