कांग्रेस नेता कोइरालालाई कोरोना संक्रमण

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई कोभिड-१९ संक्रमण देखिएको छ । शुक्रबार रातिदेखि सामान्य ज्वरो र खोकीको लक्षण देखिएपछि शनिबार बिहान ग्रान्डी अस्पताल धापसीमा परीक्षण गर्दा कोभिड पोजेटिभ रिपोर्ट आएको उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिएका छन् ।
कोइरालाको ग्रान्डीमै उपचार भइरहेको छ । सामान्य खोकी र ज्वरो कायम रहेको स्वकीय सचिव थपलियाले जनाए । कोइराला पार्टी कार्यक्रमका लागि केही दिनअघि मधेसका विभिन्न जिल्ला पुगेर राजधानी फर्किएका थिए ।