‘स्वास्थ्य क्षेत्रमा सुधार आवश्यक छ’


१४ श्रावण २०७९, शनिबार
Hira KC DHM

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले स्वास्थ्य क्षेत्रमा सुधारको खाँचो रहेको बताएका छन् । एकीकृत स्वास्थ्यकर्मी सङ्गठन नेपालको उपत्यका भेलालाई आज सम्बोधन गर्दै उनले स्वास्थ्यकर्मीका समस्या सम्बोधन तथा स्वास्थ्य क्षेत्र सुधारमा आफू लाग्ने बताए ।

स्वास्थ्यकर्मीका समस्या समाधान र स्वास्थ्य क्षेत्रमा सुधारको अनुभूति दिलाउने गरी आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, ‘सेवाग्राहीले अनुभूति गर्ने गरी सुधारका कदम चालिन्छ ।’ राज्यमन्त्री केसीले अहिले पनि गाउँ-गाउँमा सहज र सर्वसुलभ स्वास्थ्य सेवा पुग्न नसकेको भन्दै त्यसका लागि योजना बनाउन आफू लागिरहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७