बालेनलाई हेरेर स्वतन्त्रको लहर चल्नु देशका लागि घातक : कांग्रेस प्रवक्ता शर्मा

‘बोलेर प्रचार गरे जस्तो काम गर्न सजिलो छैन’


१४ श्रावण २०७९, शनिबार
56 Shares
Prakashsharan mahat
फाइल फोटो

कैलाली । सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपालमा अहिले स्वतन्त्र उम्मेद्वार बन्ने प्रवृत्ति बढ्दै गइरहेको टिप्पणी गरेका छन् । उनले मुलुकको दीर्घकालीन विकासका लागि स्वतन्त्र प्रवृत्ति घातक सावित हुने पनि दावी गरे ।

नेपाल प्रेस युनियन कैलाली शाखाले नवौँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई शनिबार बधाई दिन काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रवक्ता महतले काठमाडौंको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहको सफलतापछि देशैभरि स्वतन्त्र बन्ने प्रवृत्ति मौलाएको बताए । तर, काठमाडौंकै मेयर बालेन्द्र साहले पनि अहिले काम गर्न नसकेको कुरा जनतासामु प्रमाणित हुन थालिसकेको उनले बताए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

‘तपाईहरुले देखिरहनु भएको छ । बोल्न सजिलो हुन्छ, काम गर्न कति गाह्रो हुन्छ । मेरै जिल्लामा अहिले कत्रो समस्या भइरहेको छ’, उनले भने, ‘यहाँ (काठमाडौं) को मेयरले एक महिनामै फोहोरको समस्या समाधान गरेर दुर्गन्धरहित बनाउने सम्झौता गर्नुभयो । तर अहिले सिसडोलको अवस्था बेहाल छ । त्यहाँ बसिसाध्य नै छैन ।’

उनले झूटा प्रचार गरेर स्वतन्त्रहरुले चुनाव जितेको पनि आरोप लगाएका छन् । ‘एकछिन प्रचार गरेर, एकछिन विज्ञापन गरेर आउनेहरुबाट समस्याको समाधान निस्किँदैन’, उनले भने, ‘बोलेर प्रचार गरे जस्तो काम गर्न सजिलो छैन ।’ प्रवक्ता महतले भूपरिवेष्ठित मुलुक नेपालले अन्तराष्ट्रिय सम्बन्धलाई सन्तुलित राख्न पनि दलीय प्रणालीलाई बलियो पार्नु पर्ने बताएका छन् । कांग्रेसकै नेतृत्वमा मात्रै नेपालले छिमेकीसहित सबै मित्रराष्ट्रसँग सन्तुलित सम्बन्ध राख्न सक्ने उनले बताए ।

jagdamba.cement
rbbbb

यति हुँदाहुँदै पनि कांग्रेसका केही कमजोरी नै छैनन् भन्न नमिल्ने उनले बताए । कमजोरी सुधारेर अघि बढ्नुपर्ने उनको भनाइ छ । ‘हामीमा केही कमजोरी नै छैनन् भन्ने होइन । तर कमजोरी हुँदाहुँदै पनि देशलाई निकास दिएर विकासको पथमा हिँड्न कांग्रेसको विकल्प छैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७