जनार्दनले आजै अर्थमन्त्रीको सपथ लिने


१५ श्रावण २०७९, आईतवार
Janardan Sharma जनार्दन शर्मा Prabhakar is a Nepalese politician belonging to the Communist Party of Nepal

काठमाडौ । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा पुनः अर्थमन्त्री हुने भएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निकटका एक पोलिटब्युरो सदस्यका अनुसार माओवादीले शर्मालाई नै अर्थमन्त्री बनाउनका लागि नाम पठाइसकेको छ ।

शर्माको शपथको कार्यक्रम प्रधानमन्त्री तथा राष्ट्रपतिको कार्यालयले तय गर्ने उनले बताए ।

बजेट भाषणको अघिल्लो रात अनधिकृत मानिसहरुलाई अर्थमन्त्रालयभित्र लिएर करका दरमा हेरफेर गरेको भन्दै विवादमा आएपछि उनले अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए । संसदीय छानबिन विशेष समितिले भने बजेट निर्माणका क्रममा अनधिकृत मानिसहरु सहभागी भएको कुरा नपाइएको निष्कर्ष निकालेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७