निर्मलराज काफ्ले ब्राजिलका लागि नेपालको राजूदत नियुक्त


१५ श्रावण २०७९, आईतवार
thumb 8

काठमाडौँ । निर्मलराज काफ्ले ब्राजिलका लागि नेपालको आवासीय राजदूत नियुक्त भएका छन् । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले काफ्लेलाई ब्राजिलका लागि राजदूत नियुक्त गरेकी हुन् ।

काफ्लेलाई यसअघि नै मन्त्रिपरिषद्ले सिफारिस गरेर संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि सम्बन्धित मुलुकमा अग्रिमोका लागि पठाइएको थियो ।

अग्रिमो आएपछि उनलाई राष्ट्रपतिले राजदूत नियुक्त गरेकी हुन् । काफ्ले कूटनीतिक क्षेत्रबाटै राजदूत बनेका हुन् । उनी यसअघि परराष्ट्र मन्त्रालयको युरोप अमेरिका महाशाखा प्रमुखको जिम्मेवारीमा थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७