बर्खामा पनि अन्नपूर्ण पदमार्ग भित्रिए पर्यटक


१५ श्रावण २०७९, आईतवार
tourist 1 2 2

लमजुङ । बर्खाको समयमा पनि चक्रीय अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन भएको छ । अफ सिजन मानिने समयमा पनि पदमार्गमा स्वदेशी तथा विदेशी पर्यटकको आवागमन भइरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्पाप० मनाङले जनाएको छ ।

पदमार्ग आएका पर्यटकमा स्वदेशी भन्दा विदेशी पर्यटक बढी देखिएको छ । एक्याप मनाङका प्रमुख लेखनाथ गौतमका अनुसार अफ सिजनको समयमा समेत पर्यटक पदमार्गमा आउने गरेका छन् ।

पर्यटकका लागि लमजुङखण्डको सडकमा केही समस्या भए पनि मनाङतर्फको सडक सहज रहेको बताए । पदयात्रामा आएका अधिकांश अन्नपूर्ण पदमार्गको थोराङ्ला पास गरी मुक्तिनाथ जोमसोम सम्म पुग्ने गर्छन् ।

केही मात्र तिलिचो क्षेत्र पुग्ने गरेको एक्यापले जनाएको छ । धारापानी चेकजाँच केन्द्रका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङका अनुसार हाल दैनिक १०र१२ जनासम्म पर्यटक पदमार्गमा भित्रिएका छन् । असारदेखि भदौ १५ सम्मको समय अफ सिजनको समय मानिन्छ ।

सन् २०२२ को जुलाईको हालसम्म १८४ जना पर्यटक भित्रिएका छन् । गत वर्ष २०२१ को जुलाई महिनामा एक जना मात्र पर्यटक आएका थिए । लमजुङको बेंसीसहरबाट सुरु हुने चक्रीय अन्नपूर्ण पदमार्ग मनाङ हुँदै मुस्ताङ, म्याग्दी भएर पोखरा पुगी टुंगिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७