पहिलो हाफमा नेपालविरुद्ध भारतको अग्रता

काठमाडौं । साफ यू २० च्याम्पियन्सिपमा नेपालविरुद्ध आयोजक भारतले पहिलो हाफमा अग्रता लिएको छ । समूह चरणको तेस्रो खेलमा टाइसन सिंहले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । उनले ३२ औं मिनेटमा गोल गरेका थिए ।
क्रसमा आएको बललाई रोक्न गोलकिपर इश्वर गुरुङ असफल हुँदा त्यहि बललाई टाइसनले पोष्टको दिशा दिएका थिए ।
आजको खेलमा नेपालले पछिल्लो खेलबाट एक परिवर्तन गरेको छ । सन्दीप कार्कीको स्थानमा मनग्य नकर्मी टोलीमा आएका छन् ।
नेपालले सुरुवाती दुई खेल जित्दा भारतले पहिलो खेल गुमाएको थियो । दोस्रो खेलमा विजयी भएको भारतका लागि आजको खेल महत्वपूर्ण रहेको छ ।