नेपाल भारतसँग ८–० को फराकिलो अन्तरले पराजित


१५ श्रावण २०७९, आईतवार
161 Shares
India U20

काठमाडौं : नेपाल साफ यू–२० च्याम्पियनसिपको तेस्रो खेलमा भारतसँग ८–० को फराकिलो अन्तरले पराजित भएको छ । यसअघि गोल नखाई माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको नेपाल भारत विरुद्ध निरिह बन्यो ।

आइतबार भुवनेश्वरको कालिङ्गा रंगशालामा भएको खेलमा भारतले पहिलो हाफमा एक गोल गरेको थियो। भारतका लागि टाइसन सिंहले ३२ मिनेटमा पहिलो गोल गरेका थिए।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

दोस्रो हाफमा भारतका लागि हिमांशुले ५०, ५२ र ७१ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। उनले ७१ मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए।

टाइसनले व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा ६६ मिनेटमा गोल गरेका थिए।
भारतका लागि छैटौं गोल टंकधरले ७८ मिनेटमा गरेका थिए। यस्तै गुरकिरत सिंहले अन्तिम मिनेटमा गोल गरेका थिए भने शुभो पलले इन्जुरी टाइममा आठौं गोल गरेका थिए।

jagdamba.cement
rbbbb

नेपाललाई हराएसँगै भारत तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । भारतले तीन खेलबाट ६ अंक जोडेको छ । समान अंक भएको नेपाल गोल आधारमा तालिकाको तेस्रो स्थानमा छ । अब नेपालले आफ्नो अन्तिम खेलमा बंगलादेशसँग मंगलबार प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७