प्रभु बैंकमा सेञ्चुरी गाभिने, सीईओमा अशोक शेरचनलाई निरन्तरता


१५ श्रावण २०७९, आईतवार
Ashok Sherchan CEO scaled

काठमाडौं : प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गर्ने भएको छ । आइतबार दुई बैंक गाभिनेबारे समझदारी भएको छ । सेन्चुरी गाभिएपनि बैंकको नाम ‘प्रभु’नै कायम रहनेछ ।

सम्झौताअनुसार प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंक मर्जरमा गई आगामी पुसभित्रै एकीकृत कारोबार थाल्नेछन् । काठमाडौंको मेरियट होटलमा आज भएको सम्झौतामा मर्जरपछि खडा हुने संस्थाको नाम ‘प्रभु बैंक’ रहने सहमति छ ।

प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन रहनेछन् । शेरचन अहिले पनि प्रभु बैंकका सीईओ नै हुन् । डेपुटी सीईओ बन्नेछन् मनोज न्यौपाने, जो अहिले सेञ्चुरी बैंकको सीईओ छन् ।

सेञ्चुरीलाई प्राप्ति पछि प्रभु बैकको पुँजीकोष झन्डै ३१ अर्ब ७१ करोड रुपैयाँ पुग्नेछ। यस्तै चुक्ता पुँजी २२ अर्ब २६ करोडभन्दा बढी हुनेछ। गत आर्थिक बर्षको अपरिस्कृत वित्तिय विवरण अनुसार प्रभु बैकले २ अर्ब ६० करोड भन्दा बढी मुनाफा आर्जन गरेको छ।

मर्जरपछि बन्ने प्रभु बैंकको सञ्चालक समिति सात सदस्यीय हुने छ, जसमा अध्यक्षसहित ४ सदस्य प्रभु बैंकबाट र ३ सदस्य सेञ्चुरी बैंकबाट रहनेछन् ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा प्रभु बैंकको पछिल्लो सेयर मूल्य प्रति कित्ता २ सय ३१ रुपैयाँ तथा सेञ्चुरीको १ सय ९३ रुपैयाँ  छ । अहिले प्रभु  बैंकको चुक्ता पुँजी १२ अर्ब ७० करोड तथा सेञ्चुरी बैंकको ९ अर्ब ५५ करोड रुपैयाँ छ । मर्जरपछि बन्ने प्रभु बैंकको चुक्ता पुँजी २२ अर्ब रुपैयाँ नाघ्ने छ । एकीकृत बैंकको निक्षेप आकार करिब ३ खर्बनजिकको हुने छ भने कर्जा प्रवाहको आकार २ खर्ब ३६ अर्बभन्दा बढीको हुने छ । 

प्रभु बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत शेरचन सफल कार्यकारी अधिकृत हुन् । गत १८ माघ २०७९ मा शेरचनलाई बैंक सञ्चालक समितिले दोस्रो कार्यकालका लागि पुनर्नियुक्ति दिएको थियो ।

नेपालको बैंक तथा वित्तीय संस्था गाभ्नेमा प्रभु बैंक अग्रणी संस्थाको रुपमा स्थापित छ । समस्यामा फसेका, झण्डै–झण्डै अस्तित्व नै सकिन लागेका संस्थालाई प्राण भरेर, नयाँ जीवन दिएर, ती संस्थाका लगानीकर्ता बचाउने संस्थाको रुपमा अग्रपंत्ति मा नाम आउँछ, प्रभु बैंक । उनै प्रभु बैंकलाई बाटो र उज्यालो देखाउने अगुवा हुन् शेरचन ।

समस्यामा फसेर प्रभुले जिम्मा लिएको तत्कालीन किष्ट बैंक र ग्राण्ड बैंकको डुबेको ऋण उठाउन योजनाबद्ध र आक्रमक कार्यक्रम अघि सारेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७