एमालेले आज मंहगी र भ्रष्टाचार बिरुद्ध जनप्रदर्शन गर्ने


१६ श्रावण २०७९, सोमबार
CPNUML Communist Party of Nepal Unified Marxist–Leninist scaled

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकारले महङ्गी नियन्त्रणमा कुनै कदम नचालेको भन्दै काठमाडौंमा आज जनप्रदर्शन गर्ने भएको छ।

सर्वोच्च अदालतको परमादेश पछि निमार्ण भएको गठबन्धन सरकारको एक वर्षमा पनि खाद्यवस्तुलगायतको चर्को मूल्य वृद्धिका साथै हरेक क्षेत्रमा महंगीका कारण नागरिकको जीवन कष्टकर बनेको भन्दै एमालेले आज वसन्तपुरमा जनप्रदर्शन गर्न लागेको हो। दिउँसो २ बजे जनप्रदर्शन सुरू हुने एमालेले जनाएको छ।

वसन्तपुरबाट शुरू हुने र्‍र्यालीमा उपत्यका विशेष प्रदेश कमिटी, पार्टीका केन्द्रीय विभागहरू, सांसदहरू, उपत्यकामा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू, सम्पर्क मञ्चहरू र जनसहभागिता रहनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७