तारकेश्वरमा एकै परिवारका ४ जनाको विभत्स हत्या , घटनास्थलमा चक्कु फेला


१६ श्रावण २०७९, सोमबार
Crime scene uFg8jt5ZQw

काठमाडौं । राजधानीको तारकेश्वरमा मृतावस्थामा फेला परेका ४ जना एकै परिवारका रहेको पुष्टि भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले मृतक एकै परिवारका भएको पुष्टि गरेको हो । मृतकमा श्रीमान-श्रीमती र दुई छोराछोरी रहेका छन् ।

काठमाडौं प्रहरीका अनुसार मृतकमा ४१ वर्षीय दिनेश पाण्डे, ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीय आशिका पाण्डे र ८ वर्षीय आशिक पाण्डे रहेका छन् । दिनेश र सुनिता श्रीमान श्रीमती हुन् भने आशिका र आशिक छोराछोरी हुन् ।
विभत्स हत्या गरिएको अवस्थामा फेला परेका उनीहरुमाथि अन्धाधुन्ध चक्कु प्रहार गरेको देखिएको छ । सुनिताको शरीरका ७ भन्दा स्थानमा चक्कुको प्रहार गरेको देखिएको एक प्रहरी अधिकारीले जानकारी दिए । प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७