महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्काशन गर्ने


१६ श्रावण २०७९, सोमबार
Issue Manager Appointment IGPWuobwYl

काठमाडौं । महालक्ष्मी विकास बैंकले प्रति ऋणपत्र अंकित मूल्य रु.१००० दरले कुल १ अर्ब रुपैयाँ (१० लाख कित्ता) मूल्य बराबरको दश वर्षे ऋणपत्र बिक्री गर्न लागेको छ । बैंकले ऋणपत्र निष्काशनका लागि एनआईसी एशिया क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

सोमबार बैंकको केन्द्रीय कार्यालय दरबारमार्गमा आयोजित एक समारोहका बीच वार्षिक ११ प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गर्नको लागि दुई पक्षीय सम्झौता सम्पन्न भएको छ । आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेपछि बैंकले ऋणपत्र बिक्री गर्नेछ ।
उक्त ऋणपत्र मध्ये रु. ६० करोड रकम बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट र रु.४० करोड बराबरको ऋणपत्र रकम सर्वसाधारण नेपालीहरुमा सार्वजनिक निस्कासनबाट बिक्री गरिनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७