‘आइएमई पे’ बाट मोबाइलमा रिचार्ज गर्दा थप २ प्रतिशत क्यासब्याक पाइने


१६ श्रावण २०७९, सोमबार
Mnemonic 1

काठमाडौं । ‘आइएमई पे’ ले मोबाईल रिचार्जमा ल्याएको अफर अपडेट गरेको छ । यसै सेवामा थप प्रवर्दन गर्ने मुख्य उद्देश्यका साथ आइएमई पेले मोबाईल रिचार्जमा थप २ प्रतिशत क्यासब्याकको अफर ल्याएको छ ।

आइएमई पे एपमा दर्ता भएको आफ्नै मोबाईल नम्बरमा टप–अप गर्दा ५ प्रतिशत क्यासब्याक पाउने सुविधा थियो । यस अफरको साथ अब सेवाग्राहीहरुले आइएमई पे एपबाट कुनै पनि मोबाईल नम्बरमा टप–अप गर्दा २ प्रतिशत क्यासब्याक पनि पाउनेछन् ।

यस क्यासब्याक अफरलाई अझ राम्रो बनाउन कम्पनीले एक जना विजेताले पहिलो महिनामा ‘वान प्लस टेन प्रो’ स्मार्टफोन पनि उपलब्ध गराउने बताएको छ । जसकाचे लागि सेवाग्राहीले महिनाभरी कम्तीमा ५० रुपैयाँको १० टप–अप गर्नुपर्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७