गोर्खाज फाइनान्स र इन्फिकेयर बीच सफ्टवेयर खरिद सम्झौता


१६ श्रावण २०७९, सोमबार
gurkhas finance pr 768x425 1

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेड र इन्फिकेयरबीच कर्जा सफ्टवेयर खरिद गर्ने सम्झौता भएको छ ।

सम्झौता अनुसार गोर्खाज फाइनान्स लिमिटेडमा कर्जा स्वीकृति, कानूनी कागजात तयारी लगायतका कार्यमा उक्त सफ्टवेयर प्रयोग हुने र उक्त सफ्टवेयर प्रयोग पश्चात् कर्जा स्वीकृति प्रक्रिया छिटो एवं छरितो हुने साथै जोखिम न्युनिकरण हुने जानकारी दिए ।

सम्झौता पत्रमा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार घिमिरे र इन्फिकेयरका सञ्चालक सविन मानन्धरले हस्ताक्षर गरेका छन् ।

हाल २६ शाखा र १ एक्स्टेन्सन काउण्टर सहित सातै प्रदेशमा शाखा सञ्जाल रहेको वित्तीय संस्थाले आगामी दिनमा जोखिम न्युनिकरण गर्न एवं वित्तीय संस्थाको कार्यलाई सहज एवं सरलीकृत बनाउन डिजिटाइजेसनलाई मुख्य प्राथमिकतामा राख्ने जानकारी प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार घिमिरेले दिएका छन् ।

हालसम्म फाइनान्सले मुख्य कार्यालयसहित २७ वटा शाखा कार्यालयहरू हेटौडा, रवि, बिर्तामोड, दमक, इटहरी, धरान, भेडेटार धनकुटा, भोजपुर, छप्रादी सिराहा, बनेपा, वीरगन्ज, नारायणघाट, पोखरा, लखनचोक बुटवल, विजौरी दाङ, नेपालगन्ज सुर्खेत, चौमाला कैलाली, बेलटार उदयपुर तथा काठमाडौँ उपत्यकाभित्र डिल्लीबजार, बौद्ध, गोंगबु, न्युरोड, सातदोबाटो, भक्तपुरसहित कोटेश्वारबाट एकस्टेन्सन काउन्टरल गरी दशको सातै वटा प्रदेशमार्फत सर्वसाधारणलाई सेवा दिई रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७