एनआईसी एशिया क्यापिटलले प्रस्ताव गर्यो ५५ %  लाभांश, साधारण सभा भाद्र ८ गते


१६ श्रावण २०७९, सोमबार
nicasiacapital

काठमाडौं । एनआईसी एशिया क्यापिटलले ५५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । क्यापिटलले उक्त लाभांश पारितका लागि छैठौं वार्षिक साधारण सभा भाद्र ८ गते सभा गर्ने निर्णय गरेको छ । क्यापिटलको साउन १५ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

उक्त वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७८र०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने तथा संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५५ प्रतिशत (कर सहित) का दरले हुन आउने रु ११,००,००,००० (अक्षरेपी एघार करोड मात्र) नगद लाभांश वितरण गर्न प्रस्ताव सभामा पेश हुने क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७