दुई अर्बको होल्डिङ सेन्टर अलपत्र पारेर घर जाने तयारीमा जर्नेल भण्डारी

दोस्रो लहरमै बन्नुपर्ने होल्डिङ सेन्टर चौथो लहर सुरु हुन लाग्दा पनि बनेनन्


१७ श्रावण २०७९, मंगलवार
Gokul Bhandari

प्रबन्ध रथी (उपरथी) गोकुल भण्डारी

काठमाडौं : नेपालमा कोरोना संक्रमणको रफ्तार बढ्दै गएको छ । सोमबार एकैदिन ८९५ जनामा संक्रमण पुष्टि भएको छ । सँगै सक्रिय संक्रमितको संख्या ४ हजार ९३४ पुगेको छ । साउन १ देखि १६ गतेसम्म ७ हजार ९२३ कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

साउन १ गते संक्रमण दर ४.४३ प्रतिशत रहेकोमा साउन १६ गते संक्रमण दर बढेर १५.१४ प्रतिशत पुगेको छ । अब योसँगै नियन्त्रण र रोकथामका लागि सरकारले कदम चाल्नु पर्ने देखिएको छ । संक्रमण बढे महामारीको समयमा बनाइएका होल्डिङ सेन्टरहरुको प्रयोग गर्नुपर्ने अवस्था आएको छ ।

city
ncll 2

तर नेपाली सेनाले निर्माण जिम्मा लिएको होल्डिङ सेन्टरहरु अलपत्र अवस्थामा छ । दोस्रो लहरमै बन्नुपर्ने होल्डिङ सेन्टर चौथो लहर सुरु हुन लाग्दा पनि बनेका छैनन् ।

अलपत्र पार्ने रथी गोकुल भण्डारी घर जाने तयारीमा

jagdamba.cement
nepal liquors

निर्माणको लागि सरकारले सेनालाई रु २ अर्ब ३२ करोड ९० लाख बढी दिएको छ । तर सबै अलपत्र अवस्थामा रहेको छ । तिनै अलपत्र होल्डिङ सेन्टरलाई व्यवस्थित बनाउने मुख्य जिम्मेवारी हो, उपरथी गोकुल भण्डारीको । तर उनै भण्डारी म्याद नथपी घर जाने तयारीमा छन् । उमेरले मंसिरमा अवकाश पाउने भण्डारीको कार्यकाल असोजमा सकिनेछ । भण्डारीले होल्डिङ सेन्टर निर्माणको क्रममा करोडौं भ्रष्टचार गरेको आरोप लागिरहेको बेला उनी घर जान लागेका हुन् ।

१३ वैशाख २०७८ मा बसेको मन्त्रीपरिषद्को बैठकले भारतीय सिमामा रहेको गड्डा चौकी, गौरीफन्टा, जमुनाह, कृष्णनगर, बेलहिया, वीरगञ्ज, रानी र काकडभिट्टा नजिक कम्तीमा १ हजार क्षमताको स्थायी प्रकृतिको होल्डिङ सेन्टर निर्माण गर्ने र त्यसको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार २ अर्ब ३२ करोड ९० लाख लागत अनुमान स्वीकृत गरी सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४५ अनुसार विशेष परिस्थिति मानेर खरिद कारबाही सुरु गरेको थियो ।

Salikram Neupane
हनुमान कन्स्ट्रक्सन प्रालिका प्रमुख शालिकराम न्यौपाने

सोही अनुसार हनुमान कन्स्ट्रक्सन प्रालिसँग २ अर्ब २२ लाखमा २०७८ असार ३ गते १० महिनाभित्र काम सक्ने गरी सम्झौता गरिएको थियो । उक्त कम्पनीले २०७९ जेठ १९ गतेसम्म रु १ अर्ब ६४ करोड ३७ लाख भुक्तानी लिएको छ । तर काम भने अझै सम्पन्न गरेको छैन । सम्झौता अनुसार २०७८ चैत मसान्तसम्म निर्माण गरीसक्नु पर्ने अझै अपपत्र अवस्थामा रहेको र बनेका पनि मापदण्ड अनुसार नबनेको सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले गृहमन्त्रालयमा रिपोर्ट पठाएको गृह स्रोतको भनाई छ ।

निर्माण भएका होल्डिङ सेन्टरहरु पनि गुणस्तरहिन भएको रिपोर्ट निरिक्षणमा गएका टोलीले दिएको छ । स्रोतका अनुसार हनुमान कन्स्ट्रक्सन प्रालिका प्रमुख शालिकराम न्यौपाने र निर्माण जिम्मा पाएका उपरथी भण्डारी नजिकका मित्र हुन् । उनीहरु दुबै होल्डि सेन्टरमा भएको अनियमितता रोक्न दौडधुपमा लागेका छन् । यसको बिषयमा महालेखाले पनि प्रश्न उठाएको छ । महालेखा परिक्षको प्रतिवेदन–२०७९ मा १ अर्ब ६४ करोड ३७ लाख भुक्तानी लिए पनि काम भने तोकिएको समयमा पुरा नभएको उल्लेख छ ।

होल्डिङ सेन्टरको सुपर भिजन गरिरहेको श्री २५ नम्बर बाहिनी नेपाली सेना स्रोतका अनुसार हालसम्म निर्माण कम्पनीले मापदण्ड विपरितका संरचना निर्माण गरेको छ ।

त्यसो त भण्डारी विवादित जर्नेल हुन् । गणेश दलको गणपति हुँदा कमाण्ड गर्न नसकेको आरोपसहित एक वर्ष पूरा नहुँदै हटाइएका थिए । धनकुटाको बाहिनीपति भएको बेला पनि उनी विवादमा आएका थिए । सैनिक जनसम्पर्क निर्देशनालयमा हुँदा मिडियासँग राम्रो सम्बन्ध राख्न नसकेर बीचमै हटाइएको थियो

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७