शेयर बजार फेरि ओरालोतिर, तीन अर्बको मात्रै कारोबार


१७ श्रावण २०७९, मंगलवार
share market गिरावट

काठमाडौं । दुई दिन लगातार उकालो लागेको शेयर बजारमा आज (मंगलबार) सामान्य करेक्सन देखिएको छ । आज नेप्से परिसूचक २.७६ अंकले घटेर २१९३.४८ विन्दुमा अडिएको छ । अघिल्ला कारोबार दिन आइतबार र सोमबार नेप्से क्रमश ५४.५८ र १.१५ अंकले बढेको थियो । यस दिन सेन्सेटिभ इण्डेक्स ४२१.१३ विन्दुमा पुगेको छ ।

सामान्य करेक्सन देखिएको शेयर बजारमा ३ कम्पनीको शेयर मूल्य ९ प्रतिशत बढीले बढ्यो । विन्दावासिनी हाइड्रो पावर डेभलपमेन्टको ९.९९, सामलिङ पावरको ९.९८ र हिमाल दोलखा हाइड्रोपावरको ९.९७ प्रतिशतले सेयर मूल्य बढेको हो ।
फल्स हाइड्रोपावरको ८.५३ प्रतिशतले बढेको छ । आज कारोबार रकमका आधारमा शिवम् सिनेन्ट्स अग्रस्थानमा रह्यो । सो कम्पनीको २९ करोड ३२ लाख रुपैयाँ बढीको शेयर कारोबार भयो ।

कारोबारमा आएका १३ समूहमध्ये ६ को सूचक बढ्यो भने ७ को घट्यो । ट्रेडिङको १.९५, हाइड्रोपावरक १.१, फाइनान्सको १.२४, मनु एन्ड प्रोको ०.०२, माइक्रोफाइनान्सको ०.८५ र म्युचुअल फन्डको ०.२२ प्रतिशतले मूल्य बढेको हो । आज कारोबार रकम सोमबारको तुलनामा घटेको छ । सोमबार ४ अर्ब माथिको शेयर कारोबार भएकोमा मंगलबार ७८ लाख १३ हजार १०२ कित्ता शेयर ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार ७०६ रुपैयाँमा खरिदबिक्री भयो । आज ५० हजार ३६५ पटकको कारोबार भयो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७