नेपाल इको प्यानलले एकैपटक तीन वटा आइ.एस.ओ. लिने


१७ श्रावण २०७९, मंगलवार

काठमाडौं । नेपाल इको प्यानलले आइ. एस. ओ. लिनका लागि प्रक्रिया अघि वढाएको छ । एकैपटक तीन वटा आइ.एस.ओ. लिनका लागि कम्पनीले प्रक्रिया अघि वढाएको हो । यसका लागि कम्पनीले सफ्टटेक सि आई प्रालिसँंग सम्झौता गरेको छ ।

गुणस्तरीय उत्पादन गर्नका लागि गुणस्तरीय व्यवस्थापन प्रणालीमा सुधार, वातावरणमैत्री तवरमा उत्पादन तथा व्यवसायिक सुरक्षा व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मानकमा सुव्यवस्था गर्नका लागि प्रक्रिया अघि वढाएको जनाएको छ । आइ.एस.ओ. ९००१ः२०१५ (क्युएमएस), आइ.एस.ओ. १४००१ः २०१५ (इएचएस) र आइ.एस.ओ. ४५००१ :२०१८ (ओएचएस) को लागि प्रक्रिया अगाडि वढाउन सम्झौता भएको हो ।

सम्झौतामा नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ईन्जिनियर कृष्णभक्त दुवाल र सफ्टेकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जनार्दन घिमिरेले हस्ताक्षर गरेका छन् । इन्टिग्रेटेड म्यानेजमेन्ट सिस्टम (एकीकृत व्यवस्थापन प्रणाली) लागू गर्न दुई पक्षवीच सम्झौता भएको हो ।


नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ईन्जिनियर दुवालले कम्पनीको गुणस्तरीय व्यवस्थापन प्रणालीका लागि आइ.एस.ओ. ९००१ः२०१५ (क्युएमएस), वातावरण, स्वास्थ्य तथा सुरक्षाका लागि आइ.एस.ओ. १४००१ः २०१५ (इएचएस) र पेशागत स्वास्थ्य सुरक्षाका लागि आइ.एस.ओ. ४५००१ :२०१५ (ओएचएस) लिन प्रक्रिया अघि वढाएको जनाए ।

इको प्यानल नेपाल प्रालि प्रारम्भदेखि नै गुणस्तरीय उत्पादनमा प्रतिवद्ध भएर वातावरणमैत्री तवरमा उत्पादन थाल्दै आएको हो । साथै आफना कर्मचारीहरुको व्यवसायिक जीउधनको सुरक्षा र कार्यस्थलमा कुनै पनि दुर्घटना नहोस् भन्नका लागि यी अन्तराष्ट्रिय आइएसओहरु लिएर अघि वढ्न लागेको जनाएको छ ।
नेपाल इको प्यानलले यी मानकहरु आफनो कारखानाभित्र राम्रो लागू गर्नका लागि सफ्टेक सीआईसँंग सम्झौता गरेको हो ।
नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने निर्माण सामाग्री हो ।

nepal eco paneld 1
nepal eco paneld
nepal eco panel 1

nepal eco panel
krishana bhakta duwal 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७