पत्नीले दिइन् पतिविरुद्ध बलात्कारको जाहेरी


१८ श्रावण २०७९, बुधबार
Rape for nayapage

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एक महिलाले आफ्नै पतिविरुद्ध जबरजस्ती करणी (बलात्कार) को जाहेरी दिएकी छन् ।

तिलोत्तमा नगरपालिका–१७ निवासी ती व्यक्तिविरुद्ध इलाका प्रहरी कार्यालय (बुटवल) मा मंगलबार आफ्नै पत्नीले बलात्कारको जाहेरी दिएकी हुन् । इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले एक महिलाले आफ्नै पतिविरुद्ध बलात्कारको जाहेरी दिएको जानकारी दिए ।

चौधरी थरकी ती महिलाले जाहेरीमा ६ महिनादेखि पतिले मादकपदार्थ तथा लागूपदार्थ खाएर कुटपिट गर्नुका साथै आफू बिरामी हुँदा पनि इच्छाविपरीत जबरजस्ती करणी गरेको आरोप लगाएकी छन् ।

पतिको अत्याचारबारे सासु र ससुरालाई जानकारी गराउँदा पनि वास्ता नगरेको ती महिलाको आरोप छ । जाहेरीमा उनले सासु र ससुरालाई समेत झिकाई अनुसन्धान गर्न प्रहरी समक्ष अनुरोध गरेकी छन् । आफ्नै पत्नीलाई पनि इच्छाविपरीत जबरजस्ती करणी गरे पाँच वर्षसम्म जेल सजाय हुने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७