‘देश र जनतामा समर्पित भएर नयाँ पुस्ता राजनीतिमा आउनु पर्छ’


१८ श्रावण २०७९, बुधबार
narayanman

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले नयाँ पुस्तालाई राजनीतिमा आउन आह्वान गरेका छन् । देशमा आमूल परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै उनले त्यसका लागि स्वच्छरूपमा राजनीति गर्न युवा आउनु पर्नेमा जोड दिए ।

भक्तपुरमा मंगलबार आयोजना गरिएको पुस्तक चर्चा कार्यक्रममा अध्यक्ष बिजुक्छेंले भने, ‘नयाँ पुस्ता राजनीतिमा आउनुपर्छ, व्यक्तिगत स्वार्थलाई त्याग्दै इमान्दारीपूर्वक देश र जनताका लागि समर्पित हुने भावनाले नयाँ पुस्ता अब राजनीतिमा आउनै पर्छ ।’ उनले देश परिवर्तनका लागि निरन्तर सङ्घर्षको आवश्यकता रहेको औंल्याएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७