नेपाल एयरलाइन्सबाट मुम्बई उड्नै लाग्दा पक्राउ परेको ‘शंकास्पद’ व्यक्ति सुन व्यवसायी


१८ श्रावण २०७९, बुधबार
Nepal Airlines plane
फाइल फोटो

काठमाडौँ । मुम्बई उड्नै लागेको नेपाल एयरलाइन्सको जहाजबाट पक्राउ परेका व्यक्ति सुन व्यवसायमा संलग्न रहेको खुलेको छ । सुदूरपश्चिम प्रदेश सुनचाँदी व्यवसायी संघमा समेत आबद्ध रहेका सन्तोष लामिछाने र उनीसहित पक्राउ परेकी मीना लामिछानेलाई प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सुनचाँदी र उनीहरुले गर्ने अन्य कारोबारमाथि समेत शंका लागेपछि प्रहरीले थप अनुसन्धान अघि बढाइएको जनाएको छ । कैलालीका लामिछानेमाथि यसअघि पनि उजुरी परेको प्रहरी स्रोतले जनाएको छ । उनीमाथि ठगीको कसुरमा जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी परेको थियो ।

अहिले सुनचाँदी व्यवसायीहरुको टोलीसँग उनी मुम्बई घुम्न जान लागेका थिए । त्यही बेला कैलाली प्रहरीले प्रधान कार्यालयमा जानकारी गराएको थियो ।जहाज उड्न लागेको बेलामा प्रहरीको विशेष ब्युरोले उनीहरुलाई पक्राउ गरेको हो । ढोका बन्द भएर उड्न लागेका बेला सबै यात्रु उतारेर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७