सप्तकोशीको श्रीलंका टापुमा फसेका एक हजार बढी परिवारको यसरी गरियो उद्धार


१८ श्रावण २०७९, बुधबार
udar

सुनसरी । कोशी नदीले धार फेर्दा श्रीलंका टापुमा फसेका एक हजार परिवारको उद्धार गरिएको छ । सप्तकोशी नदीको वाँध फुटेर श्रीलंका टापुमा फसेकाहरुलाई विभिन्न तीन स्थानबाट उद्धार गरिएको हो । उद्धारमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको टोली खटिरेको छ ।
तीन वटा टोली बनाएर उद्धारको काम भइरहेको सशस्त्र प्रहरीका डीआइजी कमल गिरीले जानकारी दिएका छन् ।

उद्धारका लागि बोटहरुको प्रयोग गरिएको छ । सुरक्षाकर्मीको सहयोगमा स्थानीय हिँडेर उकास जमिनतर्फ गइरहेका छन् । अहिलेसम्म एक हजार परिवारलाई उकास क्षेत्रमा पुर्‍याइएको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिएका छन् ।

सप्तकोशीको बाढी बस्तीमा पस्दा करिब २० हजार मानिस विस्थापित हुने जोखिममा रहेका छन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सप्तकोशीको पश्चिमी किनारमा पर्ने बेलका नगरपालिकाको वडा नम्बर १, २ र ३ तथा बराहक्षेरत्रस्थित श्रीलंका टापुमा गए राति करिब १ बजेदेखि भंगालो पस्दा करिब २० हजार मानिस विस्थापित हुने अवस्था रहेको बताए ।

उनले पानीले चारैतिरबाट भरिएको भए पनि श्रीलंका टापुका स्थानीयले बाहिर निस्कन नचाहेको बताए । उनले उद्दारका लागि सुरक्षा निकाय परिचालन गरिएको बताए । त्यहाँ करिब २५०० स्थानीय रहेको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७